default_image

8 years ago

September 7, 2017

सावा यू–१६ बास्केटबलः बलियो बंगलादेशसँग नेपालको हार

157 views

0 Bookmark

 काठमाडौं (हाम्रोखेलकुद)- पाँचौ एसियन पुरुष यू–१६ छनोट बास्केटबल च्याम्पियनसिपको दोस्रो खलमा नेपाल पराजित भएको छ । च्याम्पियनसिप अन्र्तगत बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको छनोट चरणको दोस्रो खेलमा नेपाल शारीरिक रुपमा बलियो बंगलादेशमाथि ५७–६८ ले पराजित भएको हो ।

नेपालले पहिलो क्वार्टरमा २२–१० को नतिजा संगै १२ अंकको अग्रता निकालेपनि दोस्रो क्वार्टरको अन्त्य सम्म बंगलादेशले पुनरागमन गर्दै ३१–३२ बनाउदै अन्तर १ अंकमा झार्न सफल भएको थियो। तेस्रो क्वार्टरमा १४–१० अंक हुदाँ नेपाल पुन: ५ अंकको अन्तर बनाउन सफल भयो तर अन्तिम क्वार्टरमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै २७ अंक स्कोर गर्दा नेपालले ११ अंक मात्र बटुल्न सक्यो । तसर्थ नेपाल ५७-६८ले पराजित भयो।

 बंगलादेशको जितमा तनवीर प्रधानले सर्वाधिक १८ स्कोर गरे । नेपालका अभिषेक सिंहले २३ अंक दिलाएपनि टिमलाई जिताउन सकेन । यसैबीच नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै टिमलाई ४५ हजार रुपैया पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

बिहिबारै भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई ६३–५४ ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित निकाल्यो । भुटानको बास्केटबलमा यो पहिलो अन्तर्राष्ट्रिय जित समेत बन्यो । भुटान यसअघि दुई खेलमा पराजित भैसकेको थियो । भुटान र माल्दिभ्सले पहिला क्वार्टरमा २०–९, दोस्रो क्वार्टरमा १८–१७ , तेस्रो क्वार्टरमा १३–९   र चौथो क्वार्टरमा १२–१९ अंक बटुले  । भुटानका छिरिङ देउजरले १७ अंक बटुले । माल्दिभ्सका थोहा मोहम्मद जायनले १३ अंक बटुले ।

च्याम्पियनसिप अन्तर्गत’ शुक्रबार नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ । यस्तै माल्दिभ्सले बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगको आधारमा जारी च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.