default_image

8 years ago

September 8, 2017

नेपालले आज बलियो भारतको सामना गर्दै

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि चौथो तथा निर्णायक सेटमा पछि पर्दा दोस्रो खेल ११ अंकले गुमाएको थियो । तेस्रो सेट सकिदासम्म नेपालले पाँच अंकले अग्रता लिइरहेको थियो । तर, त्यो अग्रतालाई नेपालले निर्णायक सेटमा जोगाउन सकेन ।

यस्तैमा आज नेपालले उपाधिको बलियो दाबेदार भारतको सामना गर्दैछ । भारतले भने खेलेका दुवै खेलमा जित हासिल गरिसकेको छ । भारतले पहिलो खेलमा माल्दिभ्सलाई १५२–१७ को फराकिलो अन्तरले पराजित गरेको थियो । भने दोस्रो खेलमा बंगलादेशलाई ८३–६४ ले हराएको थियो ।

यस्तोमा नेपाल भारतलाई रोक्ने रणनीतिका साथ मैदान ओर्लनेछ । तेस्रो दिनको खेल सकिदा भारत शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ भने तीन खेल खेलको बंगलादेश दुई खेलमा जित र एक खेलमा हार बेहोर्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले २ खेलमा १–१ जित÷हार तथा भुटानले ३ खेलमा १ जित र २ हार व्यहोरेका छन् । तीन खेल खेलिसकेको माल्दिभ्स सबैमा पराजित छ ।

दक्षिण एसियाली क्षेत्रको यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा पहिलो हुने टोली मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलका लागि छनोट हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.