default_image

8 years ago

September 9, 2017

भारत एसियन च्याम्पियनसिपमा छनोट,नेपाल तेस्रो

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारत पाँचौं एसियन यू–१६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपको लागि छनोट भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार सकिएको छनोट प्रतियोगितामा भारत अपराजित रहँदै एसियन च्याम्पियनसिपलाई छनोट भएको हो ।

च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली ।

च्याम्पियनसिपको अन्तिम दिन भारतले भुटानलाई १३१–५० को फराकिलो अन्तरले पराजित ग¥यो । पहिलो क्वार्टरमा ४०–७ को आरामदायी अग्रता लिएको भारत दोस्रो क्वार्टरमा २०–२१ ले पछि परेको थियो । तर, त्यसपछिको दुवै क्वार्टर मा भारतले ४१–१० र ३०–१२ को अग्रता लिदै खेल १३१–५० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै आयोजक नेपाल च्याम्पियनसिपमा च्यामिपयनसिपमा तेस्रो भयो । च्याम्पियनसिपको अन्तिम दिन नेपालले माल्दिभ्सलाई १०३–४१ को फराकिलो पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । नेपालले पहिलो सेटमा ३०–१० को अग्रता लिदा दोस्रो क्वार्टरमा ३१–४, तेस्रो क्वार्टर १९–१२ र अन्ति क्वार्टर २३–१५ को अग्रता लिदै समग्रमा १०३–४१ को जित निकाल्न सफल भयो ।

छनोट प्रतियोगितामा नेपालले समान दुई जितर दुई हार बेहो¥यो । बंगलादेश र भारतसँग पराजित भएको नेपालले च्याम्पियनसिपमा भुटान र माल्दिभ्सलाई पराजित गर्न सफल भयो । प्रतियोगितामा भारतका प्रिन्सिपल सिंह मोष्ट भ्यालुएबल खेलाडी घोषित भए । भाद्र २० बाट शुरु भएको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रले सहभागिता जनाएको थियो ।

 

च्याम्पियन भारतीय युवा टोली ।

च्याम्पियनसिपमा दोस्रो भएको बंगालदेशी युवा टोली ।

च्याम्पियनसिपको अन्तिम दिन नेपाल र माल्दिभ्सबीच भएको खेल ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.