default_image

10 years ago

December 5, 2015

मैत्रीपूर्ण व्हीलचेयर बास्केटबलमा जावलाखेल विजयी

190 views

0 Bookmark

जावलाखेल व्हीलचेयर खेलकुद क्लबले मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगतामा शनिबार जित हात पारेको छ ।

2(3)

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालद्वारा आयोजित प्रतियोगितामा जावलाखेलले व्हीलचेयर खेलकुद संघलाई १८–१० ले पराजित गर्‍यो । विजयी टिमका लागि दानबहादुर थिङले ८ अंक जोडे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । सो अवसरमा कमिटीले सदस्य–सचिव विष्टलाई सम्मान गरेको थियो । कमिटीका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटीले सदस्य–सचिव विष्टलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । २४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मैत्रीपूर्ण बास्केटबल आयोजना गरिएको हो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.