8 years ago
September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इस्लिङटन कलेज पूरुषतर्फ र हिमालय इन्जिनियरिङ कलेज गल्र्सतर्फ दोस्रो एसीएचएस अन्तर आईटी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको ब्वाइज फाइनलमा इस्लिङटनले न्यु समिटलाई २१–१० ले पराजित गर्दै च्याम्पियन बन्यो । इस्लिङटनको जितमा निकेश राईले ८ अंक योगदान गरे । उपाधिसंगै इस्लिङटनले २५ हजार नगद पुरस्कार हात पार्यो । दोस्रो स्थानमा चित्त बुझाएको न्यु समिटले १५ हजार नगदमा चित्त बुझायो ।
गल्र्सको उपाधि भिडन्तमा हिमालयले आयोजक एसियन कलेज आफ हायर स्टडिज (एसीएचएस) लाई ९–३ ले पराजित गर्दै च्याम्पियन बनिन् । हिमालयकी रुबि महर्जनले ५ स्कोर गरिन् । उपाधि विजेता हिमालयले ४ हजार नगद पुरस्कार प्राप्त गर्यो ।
ब्वाइजमा इस्लिङटनका आशिष बस्नेत तथा गल्र्समा हिमालयकी रुबि महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र एसीएचएसका प्रिन्सिपल सविन्द्र महर्जनले पुरस्कृत गरे । एकदिने प्रतियोगिताअन्तर्गत ब्वाइजमा १६ तथा गल्र्समा ३ टिम सहभागी थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]