8 years ago
November 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता बिहिबारदेखि सुरु हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्कुलले सहभागिता जनाउने प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ ।
आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराएको छ ।
प्रतियोगितामा विभिन्न स्कुलका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले मात्रै भाग लिन पाउने प्रतियोगिता संयोजक बेनी बहादुर कार्कीले जानकारी गराए । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गर्ल्सतर्फ ६ टिमको सहभागिता रहेको छ ।
ब्वाइजतर्फ आयोजक रोजबड स्कुलसँगै ट्रिनिटी कलेज, सिसिआरसी कलेज, जेभियर्स इन्टरनेशनल कलेज, ज्ञान निकेतन कलेज, न्यु समिट कलेज, बर्नहार्ट कलेज र सैपाल एकेडेमीले भाग लिएका छन् । त्यस्तै, न्यु जेनिथ कलेज, एस स्कुल, टाइम्स कलेज, नोवेल एकेडेमी, गोल्डेन गेट कलेज, मोर्गन कलेज, नेपाल मेगा कलेज र क्याम्पियन एकेडेमीले भाग लिएका छन् ।
गर्ल्सतर्फ बृहस्पति विद्यासदन, सिसिआरसी कलेज, सैपाल एकेडेमी, एस स्कुल बर्नहार्ट कलेज र नेपाल मेगा कलेज रहेका छन् । प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]