8 years ago
November 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेको छ ।
राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगितामा बुधबार साइपालले एसलाई ४५–२६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । साइपालको जितमा रोशनी श्रेष्ठले सर्वाधिक १२ अंक जोडिन् ।
फाइनलमा साइपालको भेट जेभियर इन्टरनेसनल कलेजसंग हुनेछ । यस्तै पूरुषतर्फ सीसीआरसी क्वाटरफाइनलमा स्थान बनाएको छ । सीसीआरसीले एसलाई ४६–३० ले हरायो । सीसीआरसीको जितमा आशिष बस्नेतले १० अंक योगदान गरे ।
ब्वाइजको अन्य लिगमा जेभियरले ज्ञान निकेतनलाई ५२–३६ तथा गोल्डेनगेटले बर्न हार्टलाई ४९–३८ ले पन्छाए । जेभियरका अनुप वाइबाले १५ तथा गोल्डेनगेटका विवेक राउतले १६ स्कोर गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]