default_image

8 years ago

November 30, 2017

ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा

174 views

0 Bookmark

काठमाडौं  ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘सी’ को लिग खेलमा बिहिबार ट्रिनिटीले आयोजक रोज बडलाई ५६–३० ले पराजित गरी समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो । ट्रिनिटीको जितमा साहिल विक्रम राणाले १७ अंक योगदान गरे ।

रोज बड पनि समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । सीसीआरसीले ज्ञान निकेतनलाई ६५–२१ ले हरायो । सीसीआरसीका रोजेश खनालले १३ अंक जोडे ।

ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले एसमाथि ४८–२३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । जेभियरका विश्व गुरुङले १४ स्कोर गरे । क्वाटरफाइनल ट्रिनिटी र न्यु समिट, सीसीआरसी र मोर्गन, टाइम्स र रोज बड तथा गोल्डेनगेट र जेभियरबीच हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.