8 years ago
December 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् । बुद्धनगरस्थित आयोजक रोज बडको कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५८–५५ को झीनो अन्तरले पराजित गर्यो । सीसीआरसीका राजेश खनालले १६ अंक जोडे । तेश्रो क्वाटरको समाप्तिसम्म पनि सीसीआरसी ४१–४२ ले पछि थियो । पहिलो क्वाटरमा १४–१६ ले पछाडिको परेको सीसीआरसी दोश्रोमा भने १७–१४ को अग्रता लिन सफल भयो । तेश्रो क्वाटरमा सीसीआरसी फेरि १०–१२ ले पछाडि रह्यो । चौथो तथा अन्तिम क्वाटर सीसीआरसीले १७–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्यो ।
गल्र्सको फाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ४१–१९ को फराकिलो अन्तरले हरायो । जेभियरको सहज जितमा सुष्मा गौतमले १० अंक योगदान गरिन् । सुरुको क्वाटरमा ७–४ को अग्रता बनाएको जेभियरले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । जेभियरले बाँकी क्वाटरमा क्रमशः ६–१, ९–३ र १९–११ को प्रदर्शन ग¥यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोजेश र सुष्मा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी, रोज बडका चेयरम्यान अन्तु श्रेष्ठ र प्रिन्सिपल दामोदर ढुंगानाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मंसिर ७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको रोज बडका इसीए इन्चार्ज राजु श्रेष्ठले जानकारी गराए । गल्र्समा ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरी शीर्ष दुई टिमले पुनः फाइनल खेलेका थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]