10 years ago
December 23, 2015
मल्पी इन्स्टिच्यूट र रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मल्पी र रातो बंगालको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुग्न सफल भए ।
ब्वाइजको सेमिफाइनलमा मल्पीले बुढानीलकण्ठलाई ७९–५९ ले पराजित ग¥यो । मल्पीका वाङ्गेल गुरुङले ३५ अंक जोडे । सुलभ बतासको १८ अंक सहयोगमा रातो बंगलाले साइपाल एकेडेमीलाई ५८–४२ ले हरायो ।
गल्र्सको सेमिफाइनलमा मल्पीले ब्रिटिस मोडेल कलेजलाई ३३–२० ले पाखा लगायो । मल्पीकी केल्साङ डोल्माले १५ स्कोर गरिन् । अर्को सेमिफाइनलमा रातो बंगलाले आयोजक एसलाई २१–१० ले निराश पार्यो । रातो बंगलाको जितमा अस्मिता भट्टले ८ अंक योगदान गरिन् । मल्पी ब्वाइज र गल्र्स दुवैको डिफेन्डिङ च्याम्पियन हो ।
फाइनल बिहीबार हुने आयोजकले जनाएको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]