default_image

8 years ago

February 11, 2018

आयोजक कुमारीलाई दोहोरो सफलता

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कुमारी स्कुलका दुवै टोली केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको छात्रतफृको सेमिफाइनलमा पुगेका छन् । कुमारी ‘ए’ ले भेनस स्कुललाई १७–६ को अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुग्यो । त्यस्तै, कुमारी ‘बी’ चिल्ड्रन लिबर्टी माथि ११–८ को कठिन जित हात पारेको थियो ।

त्यस्तै, बुद्ध एकेडिमि र नवज्योति स्कुलले पनि छात्र तर्फ सेमिफाइनल पुग्न सफल भए। बुद्धले बुद्ध प्रकाशलाई १२ङ१० ले हराए भने नवज्योतिले ग्रिन तारालाई १४– ९ ले हराए। अब फाइनल यात्राका लागि सोमबार कुमारी ‘ए’ ले कुमारी ‘बी’ तथा बुद्ध र नवज्योति बीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तैगरी, छात्रा तर्फको उपाधिका लागि सोमबार युनिभर्सल र र बाबा बोर्डिङ्गबीच प्रतिस्पर्धा हुने भएको छ । युनिभर्सलले हिम्स स्कुललाई ११-२ ले र बाबाले आयोजक कुमारीलाई १३-९ ले हराउदै एकअर्कासँगको भेट पक्का गरे । राजधानीमा जारी प्रतियोगितामा ३१ टोलीको सहभागिता छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.