default_image

8 years ago

February 12, 2018

नवज्योति र युनिभर्सललाई केब्स बास्केटबल उपाधि

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटलमा छात्रतर्फ नवज्योति स्कुल कोटेश्वर र छात्रातर्फ युनिभर्सल स्कुलले उपाधि जितेका छन् । 


आयोजक कुमारी एकेडेमीको कोर्टमा भएको छात्रतर्फको फाइनलमा नवज्योतिले कुमारीलाई १४–१२ पराजित गर्दै उपाधि चुम्यो । नवज्योतिका अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए । त्यसअघि सेमिफाइनलमा नवज्योतिले ग्रिनतारालाई १४–९ ले हराएको थियो ।

छात्रा तर्फकोफाइनलमा युनिभर्सलले बाबा बोर्डिङलाई ९–८ को झिनो अन्तरले हरायो । छात्रा तर्फ संगिता फुयाल उत्कृष्ट खेलाडी घोषित भइन् । त्यसैगरी, जुनियर ब्याइजको उपाधि भने बाबा विजयी भयो । बाबाले फाइनलमा नवज्योति माथि १०–८ ले हरायो । बाबाका जान्लिङ शेर्पा उत्कृष्ट खेलाडी भएका थिए । राजधानीमा आयोजित प्रतियोगितामा ३१ टोलीको सहभागिता थियो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.