default_image

8 years ago

February 17, 2018

आर्मीको विजयी शुरुवात

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा शनिबारबाट शुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरथित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले विशाल मिलन केन्द्रलाई ८७–७३ को स्कोरमा पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो । पहिलो क्वार्टरमा २४–११ को सहज अग्रता बनाएको आर्मीले दोस्रो क्वार्टरमा भने १९–१७ को झिनो अग्रता लियो ।

तेस्रो क्वार्टरमा भने, आर्मी १६–२५ ले पछि पर्दा निर्णायक सेटमा २८–२० को जत निकाल्न सफल भयो । आर्मीको जितमा विनोद महर्जनले २४ अंक जोडे । कप्तान सदिश प्रधानले १६ अंकको योगदान दिए । विशाल मिलन केन्द्रका विकास गुरुङले २२ अंक जोडेपनि टिमलाई जिताउन सकेन ।नेपालमै पहिलोपटक भैरहेको होम एण्ड अबे लिगमा आइतबार कीर्तिपुर बास्केटबल क्लबले हिमालयन हङ्ससँग खेल्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.