8 years ago
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्विक्स बास्केटबल लिगमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुर बास्केटबल टिमले हिमालयन हाउण्ड्समाथि एक अंकको रोमाञ्चक जित निकालेको हो ।
घरेलु कोर्टमा आइतबार भएको लिगको खेलमा कीर्तिपुरले ८४–८३ को रोमाञ्चक जित दर्ता गर्यो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा किर्तिपुरले २१–१५ को अग्रता बनायो । दोश्रो क्वार्टरमा हिमालय हाउण्ड्स २२–१८ ले अघि रहँदै दुरी छोट्याएको थियो । तेस्रो क्वार्टरमा २३–२० ले घरेलु टोली विजयी भएपनि हिमालयन हाउण्ड्सले अन्तिम क्वार्टरसम्मका लागि खेललाई जिवित राखेको थियो ।
अन्तिम क्वार्टरमा हिमालयन हाउण्ड्सले २६–२२ ले पछि पारे पनि कीतिपुरलाई समग्रमा ८४–८३ को नतिजा सुम्पियो । कीर्तिपुरको जितमा सुरज खड्गीले सर्वाधिक २१ अंक बटुले ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । दिनको पहिलो खेलमा साउथ साइडर्स बास्केटबल क्लबले अवे खेलमा टिम बुढानिलकण्ठ नगरपालिकासँग खेल्नेछ । दोश्रो खेलमा घरेलु टोली त्रिभुवन आर्मि क्लबले गोल्डेनगेट इन्टरनेशनल कलेजको सामना गर्नेछ । नेपालकै पहिलो क्लबस्तरीय होम एण्ड अवे डबल लिग बास्केटबल प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]