default_image

8 years ago

February 18, 2018

आर्मी र पश्चिमाञ्चलको विजयी शुरुवात

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो दुवै संस्करणको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्रले तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा आइतबार भएको पहिलो खेलमा आर्मीले मध्यपश्चिममाथि ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले मध्यपश्चिमलाई २५–८, २५–१२ र २५–१४ को सहज जित निकाल्यो ।

यस्तै आइतबारै भएको अर्काे खेलमा पश्चिमाञ्चल विकास क्षेत्रले पूर्वाञ्चलमाथि ३–० कै सहज जित निकाल्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको पश्चिमाञ्चलले दोस्रो सेट २५–२१ ले जित्दा तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा जित निकाल्न सफल भयो ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्य पश्चिमाञ्चल विकास क्षेत्र, सुदूर पश्चिमाञ्चल विकास क्षेत्र र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब रहेका छन् ।

यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, मध्यमाञ्चल विकास क्षेत्र, पूर्वाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् ।
प्रतियोगिता अन्र्तगत सोमबार दुई खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र मध्यमाञ्चलबीच खेल हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिमाञ्चल र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा ३ विभागसहित तत्कालीन ५ प्रदेशसहित ८ टिमको सहभागिता रहने आयोजक सेनाले जनाएको छ । प्रतियोगिता फागुन ६ गतेबाट १२ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.