default_image

8 years ago

February 23, 2018

कीर्तिपुरको लगातार तेस्रो जित

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । बिहिबार घरेलु मैदानमा भएको खेलमा कीर्तिपुरले जेभियर इन्टरनेसनल कलेजलाई ६४–५७ को अन्तरले पराजत गर्दै लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको हो ।

पहिलो क्वार्टर १७–११ ले आफ्नो पक्षमा पारेको घरेलु टोली कीर्तिपुरले दोस्रो क्वार्टर १६–२० ले गुमाउदा तेस्रो क्वार्टरमा उत्कृष्ट प्रदर्शन गर्दै १८–८ को फराकिलो जित निकालेको थियो । चौथो क्वार्टरमा १३–१८ को अर्थात पाँच अंकले पछि परेपनि तेस्रो क्वार्टरको फराकिलो जित नै कीर्तिपुरलाई लिगमा तेस्रो जित दिलाउन पर्याप्त बन्यो ।

कीर्तिपुरका सुमन बोगटीले सर्वाधिक १८ अंकको योगदान दिए । लगातार तेस्रो जितसँगै कीर्तिपुरले आर्मीसँगको अंक बराबरी गरेको छ । अपराजित रहेको आर्मीको तीन खेलबाट ९ अंक छ । लिग अन्र्तगत शनिबार त्रिभुवन आर्मी क्लब र टिम बुढानिलकण्ठ नगरपालिका तथा हमालयन हन्डस् र गोल्डेनगेट कलेजबीच खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.