default_image

8 years ago

February 24, 2018

आर्मी र हिमालयन विजयी

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र हिमालयन हन्डस् राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा लगातार वियजी भएका छन् ।

आर्मीले घरेलु मैदानमा टिम बुढानिलकण्ठ नगरपालिकालाई ८९–७६ को अन्तरमा पराजित गरेको हो । लिगमा आर्मीको यो लगातार चौथो जित हो । आर्मीले पहिलो र दोस्रो क्वार्टरमा २४–२१ र २१–१३ को अग्रता बनाएको थियो । तेस्रो क्वार्टर २८–२३ ले गुमाएको आर्मीले चौथो क्वार्टर २१–१४ ले आफ्नो पक्षमा पार्‍यो । आर्मीका कप्तान सदश प्रधानले २५ तथा रविन खत्रीले २० अंकको योगदान दिए ।

शनिबार भएको अर्काे खेलमा गोल्डेनगेट कलेज घरेलु मैदानमा हिमालयन हन्डससँग ७८–७३ को अन्तरमा पराजित भयो । घरेलु मैदानमा गोल्डेनगेट हिमालयनसामु निरिह जस्तै देखियो । पहिलो क्वार्टर १९–१५ ले गुमाएको गोल्डेनगेटले दोस्रो क्वार्टर भने, २३–१२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो क्वार्टर २४–२१ ले गुमाएको घरेलु टोलीले चौथो क्वार्टर २३–१४ ले गुमाएपछि हार बेहोर्न पुग्यो । हिमालयनका सौरभ श्रेष्ठले सर्वाधिक ३४ अंक जोडे ।

लिग अन्तर्गत आइतबार साउथ साइडर्स र टिम बुढानिलकण्ठ नगरपालिकाबीच खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.