default_image

6 years ago

February 26, 2018

क्वीक्स बास्केटबल लिगमा आर्मीको अपराजित यात्रा कायम

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेका छन् ।

लिग अन्तर्गत सोमबार भएको एकमात्र खेलमा आर्मीले हिमालयन हन्डस्लाई उसकै घरेलु मैदानमा ७१–५० को भारी अन्तरमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म लम्ब्याएको हो ।

पहिलो क्वार्टरमा २२–११ को अग्रता लिएको आर्मीले दोस्रो क्वार्टरमा २२–४ को आरामदायी अग्रता बनाएको थियो । तेस्रो र चौथो क्वार्टर १६–११ र १९–१६ ले गुमाएपनि पहिलो र दोस्रो क्वार्टरमा बनाएको अग्रता आर्मीको जितमा पर्याप्त बन्यो । आर्मीका आयुष सिंहले सर्वाधिक १५ अंकको योगदान दिए ।

अपराजित रहेको आर्मी पाँच खेलबाट १५ अंक बटुल्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ । लिग अन्तर्गत मंगलबार विशाल मिलन केन्द्र र गोल्डेनगेट कलेज तथा जेभियर कलेजर हिमालयन हन्डस्बीच खेल हुनेछ ।

May 9, 2024

बास्केटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]

May 5, 2024

काभ्रेमा अर्को महिना थ्री बाइ थ्री बास्केटबल हुने

काभ्रे (हाम्रो खेलकुद) – काभ्रे बास्केटबल संघको आयोजनामा अर्को महिना प्रथम अल नेपाल काभ्रे थ्री बाइ थ्री बास्केटबल हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फको प्रतिस्पर्धा हुने काभ्रे बास्केटबल संघले जनाएको छ । काठमाडौं विश्वविद्यालयको बास्केटबल कोर्टमा जेठ २६ गते हुने प्रतियोगिताको दुवैतर्फको विजेताले २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् […]

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

Success

Thank you for your time.