8 years ago
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत बुधबार भएको खेलमा विशाल मिलन केन्द्रले घरेलु टोली टिम बुढानिलकण्ठ नगरपालिकालाई ८८–६९ को अन्तरमा पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो । समान ९ अंक नै भएपनि विशाल मिलन स्कोरको आधारमा हिमालयन हन्डस्भन्दा पछि परेको हो । लिगमा अपराजित रहेको आर्मी १५ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाट ९ अंक जोडेर अपराजित रहेको कीर्तिपुर बास्केटबल टिम चौथो स्थानमा छ ।
केन्द्रले पहिलो क्वार्टरमा ८–२० को आरामदायी अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा पनि केन्द्रले १४–२७ को अग्रता बनायो । तेस्रो क्वार्टर २५–२० र चौथो क्वार्टर २२–२१ ले गुमाएपनि त्यो हारलाई पर्याप्त भए । केन्द्रका बिकास गुरुङले ३१ र विवेक श्रेष्ठले २६ स्कोर गरे ।
बुधबार भएको अर्काे गोल्डेनगेट कलेजले साउथ साइडर्सलाई ७६–६३ को अन्तरमा पराजित गर्दै लिगमा दोस्रो जित निकाल्न सफल भयो । गोल्डेनगेटले साउथ साइडर्समाथि पहिलो क्वार्टरमा २४–१७, दोस्रो क्वार्टरमा १३–१४, तेस्रो क्वार्टरमा २२–१६ र चौथो क्वार्टरमा १७–१६ को जित निकाल्यो । गोल्डेनगेटका विपीन महर्जनले २२ अंकको योगदान दिए ।
लिगअन्तर्गत बिहिबार कुनै खेल हुनेछैन । शुक्रबार जेभियर कलेज र कीर्तिपुर बास्केटबल टिमबीच खेल हुने आयोजकले जनाएको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]