8 years ago
March 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट कलेजले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा फराकिलो जित निकालेका छन् ।
लिग अन्तर्गत मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल टिमलाई १११–६४ को फराकिलो अन्तरले पराजित गरेको हो । कीर्तपुरविरुद्ध सुरुवाती क्वार्टरबाट नै हावी भएको आर्मीले पहिलो क्वार्टरमा २७–१७, दोस्रो क्वार्टरमा २६–१२, तेस्रो क्वार्टरमा २७–१७ र चौथो क्वार्टरमा ३१–१८ ले अघि रहेको थियो ।
आर्मीको जितमा रविन खत्रीले ३१ स्कोर गर्दा १० स्कोरको लागि सहयोग गरे । रविन नै खेलको म्यान अफ दि म्याच घोषित भए । जितसँगै अपराजित रहेको आर्मीले ७ खेलबाट २१ अंक जोड्दै लिगमा आफ्नो शीर्षता कायम गरेको छ । कीर्तिपुरले भने लिगमा पहिलो हार बेहोरेको हो । हारपछि पनि कीर्तिपुर तेस्रो स्थानमा यथावत छ ।
मंगलबारै भएको अर्काे खेलमा गोल्डेनगेटले हिमालयन हन्डस्माथि ९४–५० को फराकिलो जित निकाल्यो । गोल्डेनगेटले घरेलु टोलीमाथि चारै क्वार्टरमा २७–१८, २१–८, २२–६ र २४–१८ को अग्रता बनाएको थियो । गोल्डेनगेटको जितमा राजीव जोशीले २५ अंकको योगदान दिए । जितसँगै गोल्डेनगेट चौथो स्थानमा उक्लिएको छ । गोल्डेनगेटको ८ खेलबाट १२ अंक छ ।
लिग अन्तर्गत बुधबार टिम बुढानिलकण्ठ नगरपालिका र जेभियर कलेज तथा साउथ साइडर्स र हिमालयन हन्डस्बीच खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]