default_image

8 years ago

March 7, 2018

जेभियरको पहिलो जित

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर कलेजले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा पहिलो जित दर्ता गरेको छ ।

लिग अन्र्तगत बुधबार भएको खेलमा जेभियर कलेजले टिम बुढानिलकण्ठ नगरपालिकालाई ८२–७३ को अन्तरमा पराजित गर्दै आठ खेलपछि लिगमा पहिलो जित दर्ता गर्न सफल भएको हो । बुढानिलकण्ठको घरेलु मैदानमा भएको खेलमा जेभियरले पहिलो क्वार्टरमा १३–१२ को झिनो अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा पनि २०–१९ को झिनो अग्रता लिएको जेभियरले तेस्रो क्वार्टरमा भने २७–१६ को अग्रता बनायो । चौथो क्वार्टर २६–२२ ले गुमाएपनि तेस्रो क्वार्टरमा बनाएको अग्रता नै जेभियरको जितमा पर्याप्त बन्यो । जेभियरका अजय कुशवाले सर्वाधिक २१ अंकको योगदान दिए ।

बुधबारै भएको अर्काे हिमालयन हन्डस्ले साउथ साइडर्समाथि ६५–५९ को जित निकाल्न सफल भयो । हिमालयनका सौरभ श्रेष्ठले सर्वाधिक ३१ अंकको योगदान दिए । जितसँगै हिमालयन पाँचौ स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहेको आर्मी २१ अंकसहित शीर्षस्थानमा छ । १५ अंक जोडेको बिएमके दोस्रो, समान १२ अंक जोडेका गोल्डेनगेट तेस्रो तथा कीर्तिपुर चौथो स्थानमा छ । लिग अन्र्तगत बिहिबार कीर्तिपुर बास्केटबल टिम र गोल्डेनगेट कलेजबीच खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.