8 years ago
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् ।
लिग अन्र्तगत शनिबार भएको खेलमा आर्मीले हिमालयन हन्डस्लाई ८३–५८ को अन्तरमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई यथावत राखेका हुन् । लिगमा अपराजित रहने आर्मी एक्लो टोली हो । आठ खेल खेलेको आर्मीले ८ खेलबाट २४ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेका छन् । घरेलु मैदानमा आर्मीले पहिलो क्वार्टरमा २०–१० को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा २५–१५ तथा तेस्रो क्वार्टरमा २६–१९ को अग्रता बनाएको आर्मी चौथो क्वार्टरमा भने १२–१४ ले पछि परेको थियो । आर्मीको जितमा कप्तान सदिश प्रधानले ३३ अंकको योगदान दिए ।
शनिबारै भएको दोस्रो खेलमा दोस्रो स्थानमा रहेको गोल्डेन गेट कलेजले जेभियर कलेजमाथि ७५–५९ को सहज जित निकाल्यो । गोल्डेनगेटले पहिलो क्वार्टरमा १९–११ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा पनि २२–१७ को अग्रता बनाएको गोल्डेनगेटले तेस्रो क्वार्टरमा भने २३–१४ को अग्रता बनाएपनि चौथो क्वार्टर ११–१७ ले गुमायो । गोल्डेनगेटका मनिष राजोपाध्यायले सर्वाधिक २१ अंकको योगदान दिए । जितसँगै गोल्डेनगेटले १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ ।
लिग अन्र्तगत आइतबार कीर्तिपुर बास्केटबल टिम र साउथ साइडर्सबीच खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]