default_image

8 years ago

March 19, 2018

आर्मी अपराजित

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

लिग अन्तर्गत सोमबार भएको खेलमा जेभियर्स कलेजलाई ९३–७३ ले पराजित गर्दै आर्मीले लिगमा अपराजित यात्रा कायम राखेको हो । जेभियर्सको घरेलु कोर्टमा भएको खेलमा आर्मी पहिलो क्वार्टरमा २३–२८ ले पछि परेपनि त्यसपछिको तीनै क्वार्टरमा २२–१६, २२–१४ र २६–१५ को अग्रता बनाउँदै लिगमा अपराजित रहन सफल भयो । आर्मीको जितमा कप्तान सदिश प्रधानले २६ स्कोर गरे । जितसँगै आर्मीले ११ खेलबाट ३३ अंक जोडेको छ । लिगमा अपराजित रहने आर्मी एक्लो टोली हो । लिगमा जेभियर्सको यो दशौं हार हो । जेभियर्सले १२ खेलबाट ६ अंक जोडेको छ ।

होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत नै सोमबार भएको खेलमा किर्तिपुर बास्केटबल क्लबले जित निकालेको छ । किर्तिपुरले विशाल मिलन केन्द्र (विएमके) लाई ६०–५१ अंकले पराजित गरेको हो । किर्तिपुरको जितमा अविशेक सिंहले ११ अंक जोडे । जितसँगै किर्तिपुरले १० खेलबाट १५ अंक जोडेको छ ।

पराजित विशाल मिलन केन्द्रले ११ खेलबाट २४ अंक जोडेको छ । प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।

लिगको शीर्ष चारमा रहने टोलीले प्ले अफमा स्थान बनाउनेछन् । प्ले अफको शीर्ष टोलीले चौथो हुने टिम तथा दोस्रो र तेस्रो टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.