default_image

8 years ago

March 24, 2018

गोल्डेन गेट र विएमके विजयी

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्ले अफमा स्थान बनाइसकेको गोल्डेनगेट कलेज र विशाल मिलन केन्द्र (विमएके) राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा विजयी भएको छ ।

Basketball Kwiks

लिग अन्तर्गत शनिबार भएको खेलमा गोल्डेनगेट कलेजले कीर्तिपुर बास्केटबल टिमलाई ८१–६५ को अन्तरमा पराजित गरेको हो । घरेलु मैदानमा गोल्डेनगेटले पहिलो क्वार्टरमा १८–१६ को झिनो अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा २४–१० को अग्रता बनाएको गोल्डेनगेटले तेस्रो क्वार्टर १३–१४ ले गुमाउदा चौथो क्वार्टरमा २६–२५ को झिनो अग्रता लिदै खेल आफ्नो पक्षमा बनाएको थियो । गोल्डेनगेटको जितमा विनादे डंगोलले १९ अंकको योगदान दिए । गोल्डनगेटसँगको हारसँगै कीर्तिपुरको प्ले अफ पुग्ने सम्भावना सकिएको छ ।

शनिबारै भएको अर्काे खेलमा विएमकेले जेभियर कलेजमाथि ८४–७७ को जित निकाल्यो । पहिलो क्वार्टर २४–२४ को बराबरीमा सकिएको थियो । दोस्रो क्वार्टरमा २३–१६ को अग्रता बनाएको विएमकेले तेस्रो क्वार्टर १६–१७ ले गुमाएपनि चौथो क्वार्टर २१–२० को अग्रता बनाउदै जित हात पार्यो । विएमकेका विकास गुरुङले सर्वाधिक ३६ अंकको योदान दिए । यससँगै लिगको प्ले हफ पुग्ने चार टोलीको टुङ्गो लागेको छ । लिगमा अपराजित रहेको आर्मी दुई खेल बाँकी रहँदा ३३ अंक लिएर प्ले अफमा स्थान बनाइसकेको छ । समान २७ अंक जोडेको गोल्डेनगेट र विएकके तथा २४ अंक जोडेको हिमालयन हन्डस्ले प्ले अफमा स्थान बनाउन सफल भएको छ ।

लिग अन्र्तगत आइतबार त्रिभुवन आर्मी क्लब र साउथ साइडर्स तथा हिमालयन हन्डस् र कीर्तिपुर बास्केटबल टिमबीच खेल हुनेछ । लिगको शीर्ष चारमा रहने टोलीले प्ले अफमा स्थान बनाउनेछन् । प्ले अफको शीर्ष टोलीले चौथो हुने टिम तथा दोस्रो र तेस्रो टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछन् ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वा्धिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले१० हजार बराबरको गिफ्ट प्राप्त गर्नेछन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.