8 years ago
March 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेन गेट कलेज राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगको फाइनलमा प्रवेश गरेका छन् ।
लिग अन्तर्गत बुधबार भएको पहिलो प्ले अफमा त्रिभुवन आर्मी क्लबले हिमालयन हन्डसलाई १०५–७९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाउन भएको हो । त्यस्तै गोल्डेनगेटले वशाल मिलन केन्द्र (विएमके) लाई पराजत गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
आर्मीको घरेलु मैदान भद्रकालीमा भएको खेलमा आर्मीले पहिलो क्वार्टरमा २९–११ को फराकिलो अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा १९–१७ को झिनो अग्रता बनाएको आर्मीले तेस्रो क्वार्टर २९–२३ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वार्टर भने २८–२८ को बराबरीमा सकिएको थियो । आर्मीको जितमा कप्तान सदिश प्रधानले २३ र आशिष बस्नेतले २२ अंकको योगदान दिए । हन्डसका मविन्द्र भण्डारीले २२ अंकको योगदान दिएपनि टिमलाई जिताउन सकेनन् ।
बुधबारै भएको दोस्रो प्ले अफमा गोल्डेनगेट इनटरनेशनल कलेजले विएमकेलाई ११३–७९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्यो । लिग चरणमा यी दुई टोलीले एक आपसमा एक–एक खेल जितेका थिए । गोल्डेनगेटले पहिलो क्वार्टरमा २९–२० को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा ३२–११ को फराकिलो अग्रता बनाएको गोल्डेनगेटले तेस्रो क्वार्टरमा भने २९–२९ को बराबरी खेलेको थियो ।
तर, चौथो क्वार्टरमा गोल्डेनगेटले २३–१९ को अग्रता बनाएपछि फराकिलो जित निकाल्न सफल भयो । गोल्डेनगेटको लागि विपेन्द्र महर्जनले ३७ अंकको योगदान दिए । राजीव जोशीले ३३ अंक बनाए । फाइनल खेल शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुनेछ । तेस्रो स्थानको लागि पनि सोही दिन नै खेल हुनेछ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको लिग गत फागुन ५ गतेबाट राजधानीको विभिन्न ९ स्थानमा भएको थियो । लिगमा साउथ साइडर्स, टिम बुढानिलकण्ठ नगरपालिका, हिमालयन हन्ड्स, गोल्डेनगेट कलेज, त्रिभुवन आर्मी क्लब, जेभियर कलेज, कीर्तिपुर बास्केटबल टिम र विशाल मिलन केन्द्रले सहभागिता जनाएका छन् ।
लिगको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरर, डिफेन्स, इमर्जिङ खेलाडी र प्रशिक्षकले १० हजार रुपैया बराबरको उपहार प्राप्त गर्नेछन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]