default_image

6 years ago

March 30, 2018

आधारशिला अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – आधारशिला कलेजको आयोजनामा ‘प्रथम आधारशिला अन्तर कजेल बास्केटबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते दुई दिन हुने प्रतियोगिता संयोजक रघुनाथ पौड्यालले जानकारी दिए ।प्रतियोगितामा विभिन्न २४ कलेजको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आधारशिला कलेजको आयोजनामा ‘प्रथम आधारशिला अन्तर कजेल बास्केटबल’ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते दुई दिन हुने प्रतियोगिता संयोजक रघुनाथ पौड्यालले जानकारी दिए ।प्रतियोगितामा विभिन्न २४ कलेजको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

विद्यार्थीलाई अध्ययनका साथसाथै खेलमा पनि रुचि जगाउने उद्देश्यले पहिलोपटक अन्तर कलेज खेलकुदको आयोजना गरिएको संयोजक पौड्यालले बताए ।

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

Success

Thank you for your time.