8 years ago
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गत फागुन ५ गतेबाट सुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिग (केविएल) को फाइनल खेल भोलि शनिबार हुँदैछ । फाइनल अघिको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् ।
गोल्डेनगेट कलेजका प्रशिक्षक विपिन कपालीले आर्मी बलियो टिम रहेपनि गोल्डेनगेटले आर्मीलाई चुनौती दिने बताए । ‘आर्मी लिगमा बलियो देखिएको टोली हो । हामीले लिगको सुरुवातमा राम्रो खेल्न नसकेपनि यहाँँ आइसकेका छौं । लिगको एक खेलमा आर्मीलाई पराजित गर्न सकेका छौं ।’ प्रशिक्षक कपालीले भने, ‘खेल बराबरीकै अवस्थामा हुनेछ । हामी हाम्रो गल्ती दोहोर्याउने छैनौं । लिगको पहिलो र अन्तिम खेलसम्म टिमको प्रदर्शनमा थुप्रै परिवर्तन भएको छ । हामी जितकै लागि खेल्नेछौं ।’
यता गोल्डेनगेटका कप्तान विपेन्द्र महर्जनले आर्मीलाई हराउन सक्ने क्षमता टिममा रहेको बताए । ‘हामीसँग भेट्रान, अनुभवी खेलाडीहरुको साथ छ । लिगमा आर्मीलाई पराजित गरिसकेका छौं । सुरुवातमा केही गाह्रो भएको थियो । अहिले टिम सेटमा रहेको छ ।’ कप्तान महर्जनले ‘प्रि म्याच’ पत्रकार सम्मेलनमा भने, ‘हामी हाम्रो तर्फबाट उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं । हामी टिम र एक परिवारको रुपमा खेल्नेछौं । सबैले सबैलाई बुझेका छन् ।’
यता आर्मीका प्रशिक्षक यमन गुरुङले आर्मी लिगको ‘सोलिड’ टिम रहेको र उपाधिको दावेदार टिम रहेको बताए । ‘पक्कै पनि आर्मी लिगमा सोलिड देखिएको टिम हो । यो टिमले ‘पफर्म’ गर्ने हो भने गोल्डेनगेटलाई पराजित गरेर उपाधि सहजै जित्न सक्छ ।’ प्रशिक्षक गुरुङले भने, ‘खेलमा कहिलेकाही भनेको नलाग्न सक्छ । यो फरक कुरा हो । मैले टिमबाट फाइनलमा उत्कृष्ट खेलको नमुनाको अपेक्षा गरेको छु ।’
यस्तै कप्तान रविन खत्रीले गोल्डेनगेटविरुद्धको खेल बराबरीको हुने बताए । ‘गोल्डेनगेटसँग भेट्रान र अनुभवी खेलाडीहरुको साथ छ । हामीलाई युवा र राष्ट्रिय खेलाडीको साथ छ । त्यसैले भोलिको फाइनल खेल उत्कृष्ट हुनेछ ।’ कप्तान खत्रीले भने, ‘राष्ट्रिय टिमका सदस्यसमेत रहेका विक्रम जोशी टिममा नहुँदा केही प्रभाव पर्ने भएपनि आर्मीले उपाधिकै लागि खेल्नेछ । फाइनल कसले जित्नेछ त्यो भोलि नै थाहा हुनेछ ।’
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) का अध्यक्ष अरुण कार्कीले पहिलोपटक आयोजना गरेको लिगबाट सकरात्मक प्रतिक्रिया पाएको र केविएललाई ब्राण्डको रुपमा स्थापित गरेर आउने दिनहरुमा यो लिगलाई निरन्तरता दिने बताए ।
आर्मीले प्ले अफमा हिमालयन हन्डस्लाई तथा गोल्डेनगेटले विशाल मिलन केन्द्र (विएमके) लाई पराजित गर्दै फाइनलमा पुगेको थियो । आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको लिगमा विभिन्न ८ टिमले गत फागुन ५ गतेबाट राजधानीको विभिन्न ९ स्थानमा प्रतिस्पर्धा गरेको थियो । लिगको विजेताले २ लाख प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख ५० हजार प्राप्त गर्ने छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]