8 years ago
March 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोल्डेनगेट कलेजले ‘होम एण्ड अवे’ को आधारमा पहिलोपटक भएको क्वीक्स बास्केटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिपर्धात्मक फाइनल खेलमा विभागीय टोली आर्मीलाई ९७–९६ को झिनो अन्तरमा पराजित गर्दै गोल्डेनगेटले उपाधि जितेको हो ।
खेल सकिन एक सेकेण्ड बाकी रहँदा मनिषराज राजोपाध्यायले महत्वपूर्ण स्कोर गर्दै गोल्डेनगेटलाई उपाधि दिलाएका हुन् । गोल्डेनगेटसँग तीनै क्वार्टरमा पछि परेको आर्मीले चौथो क्वार्टरमा भने उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो । तर, अन्तिम एक सेकेण्ड रोक्न नसक्दा आर्मी पराजित हुन पुग्यो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो क्वार्टर २१–२१ को बराबरीमा सकिएको थियो । दोस्रो क्वार्टरमा गोल्डेनगेटले ३३–२३ को अग्रता बनायो । तेस्रो क्वार्टरमा २०–२० मा सकिदा आर्मीले चौथो क्वार्टरमा उतकृष्ट प्रदर्शन गर्दै ३२–२३ को अग्रता बनाएपनि आर्मी खेल जित्न असफल रह्यो । चौथो क्वार्टरमा आइपुग्दा ६८–८१ को स्थितिमा रहँदा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै ८०–८१ को अवस्थामा ल्याएको थियो ।
त्यसपछि ८४–८२ ले आर्मीले पहिलोपटक अग्रता बनाएको थियो । तर, गोल्डेनगेटका दिपेन्द्र महर्जनले ३ तथा विक्रम डंगोलले २ स्कोर गर्दै खेललाई पुनः ९३–८८ ले आफ्नो पक्षमा बनाएको थियो । आर्मीका आशिष बस्नेत र निश्चल महर्जनले महत्वपूर्ण ३ स्कोर गरेपछि खेल ९५–९५ को बराबरीमा पुगेको थियो । त्यसपछि आर्मीले फाउलमा एक स्कोर गर्दै अग्रता बनाउदा खेलको समय एक सेकेण्डमात्रै बाँकी थियो । जसलाई गोल्डेनगेटका मनिषराजले स्कोर गर्दै गर्दै जित दिलाए ।
गोल्डेनगेटको जितको खुशीयाली मनाइरहँदा बर्जर बजेपछि स्कोर भएको भन्दै आर्मीका खेलाडीले अफिसियलसँग कुरा राखेपछि खेलको निर्णयको लागि भण्डै एक घण्टा कुर्नुपरेको थियो । रेफ्री र टेक्निकल कमिटिको छलफलपछि आयोजकले गोल्डेनगेटलाई विजयी घोषणा गरिदा आर्मीका खेलाडीलेअसन्तुष्टि पोखिरहेका थिए ।
जितपछि गोल्डेनगेटका कप्तान विपेन्द्र महर्जनले फाइनल जस्तै भएको बताए । ‘पहिलो तीन क्वार्टर आफ्नो नियन्त्रणमा राखेपन अन्तिम क्वार्टरमा फल बढी हुदा केही गाह्रो भयो । हामी कमब्याक गर्न सक्नेमा आशावादी थियौं ’ कप्तान महर्जनले भने, ‘एक सेकेण्ड बाँकी रहँदा टेक्निक टाइम आउट लिएर खेल्यौ । विश्व बास्केटबलमा १ सेकेण्डमा जित हात पारेको सुनेका थियौ । नेपाली बास्केटबलमा एक सेकेण्डमा जितेको सायदै छैन, होला आज हामी साक्षी भएका छौं ।’
यस्तै कप्तान महर्जनले आफ्नो २२ वर्षे बास्केटबल इतिहासमा यो प्रतियोगिता घरेलु प्रतियोगितामा उत्कृष्ट रहेको बताए । उनले आफ्नो विचारमा कुनै विवादको कुरा नरहेको बताए । अफिसियलहरुले शुरुमै निर्णय गरिदिएको भए विवादको विषय नै नआउने बताए । आर्मीका कप्तान रविन खत्रीले रेफ्री र आयोजकको निर्णय पावर प्ले भएको प्रतिक्रिया दिए ।
‘बर्जर बजाइसकेपछि स्कोर भएको छ । समय पनि बढी खेलाएको छ । यहाँ स्पष्ट रुपमा पावर प्ले देखिएको छ ’ कप्तान खत्रीले भने, ‘यदि हाम्रो पक्षमा निर्णय भएको भए, गोल्डेनगेटबाट केही हुन सक्ने थियो । हामी आर्मी म्यान भएर शान्त रहँदा केही घट्ना हुन पाएन । हामीले आयोजकको डिसिजन मान्यौं ।’ समग्रमा फाइनल राम्रो भएको र यस्तो खालको लिग हुनु आवश्यक रहेको उनले बताए ।
उपाधिसँगै गोल्डेनगेटले २ लाख र आर्मीले १ लाख रुपैयामा प्राप्त गर्यो । शनिबारै हिमालयन हाउन्डस्लाई ८०–७० ले पराजित गरेको विशाल मिलन केन्द्र (विएमके) ले ५० हजार रुपैया प्राप्त ग¥यो । आर्मीका सदिश प्रधान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । आर्मीकै विनोद महर्जन उत्कृष्ट डिफेन्स चुनिए । विएमकेका विवेक श्रेष्ठ लिगको उदियमान खेलाडी घोषित भए ।
विएमकेका विकास गुरुङ लिगमा हाइ स्कोरर बने । कीर्तिपुर बास्केटबल टिमका प्रशिक्षक रविन्द्र महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । सवै उत्कृष्टहरुले जनही १०–१० हजार रुपैया प्राप्त गरे । फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा गत फागुन ५ गतेबाट राजधानीको विभिन्न ९ स्थानमा भएको लिगमा विभिन्न ८ टोलीले सहभागिता जनाएको थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]