8 years ago
April 1, 2018
पोखरा(हाम्रो खेलकुद)– अपांग खेलकुद समिति कास्की र स्वावलम्वन जीवन पद्धती केन्द्रको संयुक्त आयोजनामा पोखरामा यहि साता छैटौ गोर्खा ज्वलेरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा मंगलबार र बुधबार हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता रहन अपागं खेलकुद समितिका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिए ।
प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी, जावलाखेल ह्विल चियर स्र्पोट्स क्लब, स्पाइनल कर्ड इन्जुरी स्र्पोट्स एशोसियसन, ह्विल चियर स्र्पोट्स एशोसियसन, नेपालगञ्ज ह्विल चियर खेलकुद संघ र आयोजकको एक टोलीले प्रतिस्पर्धा गर्ने आयोजक स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष हेम गुरुङले बताए ।
गोर्खा एण्ड बराह ज्वेलरी एण्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उ्रक्त प्रतियोगिताको विजेता टोलीले ४०, दोस्रो हुनेले २५ र तेस्रो हुने टोलीले १५ हजार रुपैयँ प्राप्त गर्नेछ । लिगका आधारमा हुने उक्त प्रतियोगितामा आयोजक पोखराका खेलाडीलाई कटवाल हेल्प नेटवर्क काठमाण्डौले जर्सी प्रदान गरेको छ । प्रतियोगिताको सह प्रायोजन पोखरा लेखनाथ महानगरपालिका ले गर्ने भएको आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक संस्था गोर्खा एण्ड बराह ज्वेलरी एण्डष्ट्रिजका प्रबन्धक सुनिल गुरुङले संस्थाले समाजको हित र उत्थानका लागि कम्पनीले स्थापनाकाल देखि सहयोग गर्दै आएको बताए । स्वावलम्वनका अध्यक्ष गुरुङले पोखरा रंगशालामा निर्माण भएका पूर्वाधारहरु अपागंमैत्री हुन नसकेकोमा गुनासो गरे ।
उनले सांग व्यक्ती सरह अपांगहरुले पनि खेल्न सक्छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताका लागि झन्डै १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अपागं खेलकुदका अध्यक्ष बानियाँले बताए । प्रतियोगिताको सफलताका मंगबार गते पोखरा चिप्लेढुङ्गा बाट ¥याली समेत निकालिने बताइएको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]