default_image

8 years ago

April 4, 2018

कीर्तिपुरमा मेयर कप बास्केटबल अर्को महिना

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुर नगरपालिकाको आयोजनामा अर्को महिना प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिकाले राजधानीमा पत्रकार सम्मेलन गर्दै मयर कप बास्केटबलको पहिलो संस्करणको ३ बैशाख २२ गतेबाट २९ गतेसम्म कीर्तिपुरको खेल मैदानमा हुने जानकारी दियो ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल जुडो संघका उपाध्यक्षसमेत रहेका रमेश महर्जनले बताए । सहभागी टोली चार समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सम्बन्धित नगरको कम्तीमा ८ जना खेलाडी हुनुपर्ने प्रावधान छ । नगर बाहिरका ४ खेलाडी राख्न पाउने भएपनि प्लेइङ सेटमा २ जना मात्र खेलाउन पाउने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक स्कोरकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा झन्डै ५ लाख ५० हजार रुपैयाँ खर्च हुने र सबै खर्च आयोजक नगरपालिकाले नै बेहोर्ने बताएको ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.