default_image

10 years ago

January 29, 2016

ओडिसी र ग्रिनल्यान्डको विजयी सुरुआत

183 views

0 Bookmark

काठमाडौं, माघ १५ । आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी र ग्रिनल्यान्डले आठौं ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।

basket ball
धापासीस्थित घरेलु कोर्टमा ओडिसीले नोब्सलाई २१–१५ ले पराजित ग¥यो ।

ओडिसीका विशाल राईले ६ अंक जोडे । रोशन आलेमगरको ६ अंक सहयोगमा ग्रिनल्यान्डले मन्जरीलाई १३–४ ले हरायो । जुनियर ब्वाइजमै बीएनएले सेबलाई १२–११, एन्जल्स हर्टले अभियान पब्लिक स्कुललाई १३–८ तथा गोल्डेनपिकले डेनेब एकेडेमीलाई २५–१२ ले पन्छाए ।

बीएनएका निशान थापाले ६, एन्जल्स हर्टका शैलेश कँडेलले ८ र गोल्डेनपिकका पेम्बाले १० अंक जोडे । जुनियर ब्वाइजमै दोहोरो जित हात पार्ने क्रममा माउन्ट ग्लोरीले जगत मन्दिरलाई ३०–१० तथा एनआईबीएचलाई २२–८ ले निराश पारे ।

विजयी टिमका लागि जगत मन्दिर विरुद्ध अनिश श्रेष्ठले १२ तथा एनआईबीएच विरुद्ध निशान घलेले ८ स्कोर गरे ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.