default_image

7 years ago

June 22, 2018

साबा प्रि–क्वालिफायरका लागि नेपाली बास्केटबल टोली बंगलादेश जाने

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिबा एसिया कप २०२१ को लागि साबा प्रि क्वालिफायरका लागि नेपाली सिनियर बास्केटबल टोली बंगलादेश प्रस्थान गर्ने भएका छन् । टोली शनिबार बंगलादेशका् ढाका प्रस्थान गर्नेछन् । टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले शुक्रबार शुभकामनासहित बिदाई गरे ।

क्वालिफायरमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । डिभिजन–बी अन्र्तगतको क्वालिफायरमा शीर्ष दुई स्थान हात पार्ने टिमले फिबा अन्र्तगतको चारवर्षको लागि मान्यता पाउनेछ । प्रतियोगितामा सहभागिता नजनाए फिबाले कारवाही गरिने भएका कारण नेपाली टिमले सहभागिता जनाउन लागेको संघका महासचिव नरेन्द्र थापाले बताए ।

नेपाली टिमलाई कंगारु एजुकेसन कन्सलटेन्सी र आईएमएसले प्रायोजन गरेको छ । राष्ट्रिय टिमका लागि क्वीक्स बास्केटबल लिगमा खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको दिनेश नकर्मीले जानकारी गराए । क्वीक्स बास्केटबल लिगमा उत्कृष्ट प्रदर्शन गरेका ३२ खेलाडीलाई छनोट गरि अन्तिम टिमको टुङ्गो लगाइएको प्रशिक्षकले थपे । यस्तै प्रशिक्षक थापाले टिमको लक्ष्य शीर्ष दुईमा पुग्ने रहेको बताए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.