default_image

10 years ago

August 29, 2015

तेश्रो जेभियर कप यु–१९ बास्केटबल- प्राइमको जित

215 views

0 Bookmark

प्राइम कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शुक्रवार जित निकालेको छ । पुरुष यु–१९ को खेलमा प्राइमले एड्भान्समाथी ६३–३६ को सहज जित निकालेको हो ।

प्राईमका खेलाडी एड्भान्स बिरुद्ध

प्राईमका खेलाडी एड्भान्स बिरुद्ध

बिेजयी टिमका लागि निश्चल महर्जनले १८ स्कोर गरे । पुरुषतर्फ यु–१९ को अन्य खेलमा ह्वाइटहाउस,मल्पी र रिलायन्सले सफलता हात पारेका छन् । ह्वाइटहाउसले आयोजक जेभियर बीलाई ६३–४७ ले हराउदा सुमित राईले २३ स्कोर गरेका थिए । मल्पीले ज्ञाननिकेतनलाई ४७–४५ ले हराउदा साङे शेर्पाले १५ स्कोर गरेका थिए । त्यस्तै रिलायन्सले एलआरआईलाई ५२–५० ले हराउदा म्युनेश महर्जनले १९स्कोर गरेका थिए । यु–१९ महिलातर्फको खेलमा साईपलले आयोजक जेभियरमाथी ४०–३६ को कठिन जित निकाल्यो । निधारित समयको खेल बराबरी भए पछि थप गरिएको पाचौ क्वाटरमा साईपलले सफलता निकाल्यो। बिजयी टिमका लागि उपमा पोखरेलले १५ स्कोर गरेकी थिईन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.