7 years ago
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् ।

रोजवड स्कुलको खेल मैदानमा आइतबार भएको खेलमा सीसीआरसीले न्यु समिट कलेजलाई ५८–५२ ले पराजित गरेको हो । सीसीआरसीको जितमा साहिल विष्टले १६ अंकको योगदान दिए । यस्तै ज्ञान निकेतन कलेजले सेन्ट जेभियर स्कुलमाथि ४५–३८ को जित निकाल्यो । ज्ञान निकेतनको जितमा मनिष तामाङले ७ अंकको योगदान दिए ।
आइतबारै भएको ब्वाइजतर्फको अर्काे खेलमा अमित मल्लको ७ अंकको योगदानमा मोर्गान कलेजले एस स्कुलमाथि ५१–३० को फराकिलो जित निकाल्यो । गल्सतर्फ मोर्गानले एस स्कुललाई नै ४५–३८ ले पराजित ग¥यो । मोर्गानको जितमा प्रजिता कार्कीले १४ अंकको योगदान दिइन् ।
प्रतियोगितामा पुरुषतर्फ १६ स्कुल र महिलातर्फ ५ स्कुलले सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिला तर्फ खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ । प्रतियोगिता १७ मंसिरसम्म सञ्चालन हुनेछ । विजेताले ट्रफीसहित आकर्षक पुरस्कार पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]