default_image

10 years ago

August 30, 2015

जेभियर इन्टरनेश्नल कप – ह्वाईटहाउस सेमिफाईनलमा

188 views

0 Bookmark

ह्वाईटहाउस कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा आईतवार सेमिफाईनलमा प्रवेश गरेकोछ ।

जेभियर इन्टरनेश्नल कप - ह्वाईटहाउस सेमिफाईनलमा

 

महिला यु–१९ को अन्तिम लिग खेलमा ह्वाईटहाउस कलेजले बर्नहाटमाथी १००–१८ को सहज जित निकाल्दै सेमिफाईनलमा मोर्गनसग भेट पक्का गरेकोछ । ह्वाईटहाउसकी भावना लामाले २० स्कोर गरिन् । अर्को सेमिफाईनलमा साइपल र एनसीसीएस बीच हुने छन् ।
पुरुष यु–१९ को खेलमा साविक बिजेता जेभियरले साविक उपबिजेता सीसीआरसीमाथी ७३–५१ को सहज जित निकाल्दै समूह बिजेताको हैसियतले क्वाटरफाईनलमा प्रवेश गरेको छ । विजेता टिमका रबिन गौतमले सर्वाधिक २१ स्कोर गरेका थिए । पुरुष यु–१९ कै अन्य खेलमा प्राईम,ह्वाईटहाउस र रुपिजले जित निकालेका छन् । प्राईमले क्याम्पेनलाई ७३–२४ ले हराउदा निश्चल मर्हजनले १२ स्कोर गरे । प्राइम समूह डीबाट उपबिजेता भएर क्वाटर फाईनलमा स्थान बनाउदा ओमेगा समूह डीको बिजेताको हैसियतले अन्तिम आठमा पुग्यो ।

 

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.