10 years ago
April 18, 2016
प्राइम स्कूलले नेपाली राष्ट्रिय महिला बास्केटबल टिमलाई १ लाख नगद सहित पुरस्कृत गरेको छ । नेपाल बास्केटबल संघले आयोजना गरेको प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गदै नेपाली टिम फाईनलमा पुगेको थियो ।
नेपाली राष्ट्रिय बास्केटबल टिमले श्रीलंकाको राष्ट्रिय महिला टिमसग पराजित भएर दोस्रो स्थान हासिल गरेको थियो । नया बजार स्थित प्राइम कलेजमा प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र बिशेष अतिथि राखेप उपाध्यक्ष,नेपाल ओलम्पिक कमिटिका महासचिव एवंम् नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली राष्ट्रिय टिमलाई शनिवार सम्मान गरेका थिए ।
सो अवसरमा प्राईम कलेजका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ,प्राइम ग्लोबल स्कूलका अध्यक्ष किरण श्रेष्ठलगायतको उपास्थिति रहेको थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]