7 years ago
April 14, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।
प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् । अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३ले हराउँदा प्रदेश ३ की सदीना श्रेष्ठले १७ अंक जोडिन् । पुलिसले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । पुलिसकी अनुषा मल्लले १६ र आर्मीकी मिना गुरुङले ९ अंक जोडे ।
पुरुषमा प्रदेश ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]