10 years ago
May 12, 2016
काठमाडौं, बैशाख ३० गते ।
ओडिसी इन्टरनेसनल एकेडेमी र एन्जल्स हार्ट प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धारास्थित नमुना टोलमा भएको सेमिफाइनलमा ओडिसीले ग्रिनल्यान्डलाई ३५–२० ले पराजित ग¥यो । विजेताका किरण अर्यालले ११ अंक जोडे । सचिनको ९ अंक सहयोगमा एन्जल्स हार्टले गोल्डेनपिकलाई ३१–२७ ले हरायो ।
बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ र एचएचसीए उपाधिका लागि भिड्ने छन् ।
भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३१–२० ले पाखा लगायो । भ्यालीको जितमा प्रतिक्षा मगरले १२ अंक योगदान गरिन् । इडेन ब्रिज एकेडेमी (इबीए) विरुद्धको खेलमा एचएचसीए २९–७ ले पन्छायो । फाइनल शुक्रबार हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]