7 years ago
May 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई जारी राख्दा विभागीय नेपाल पुलिस क्लबले बुढानिलकण्ठ नगपालिका बास्केटबल टिमसँग हारे बेहोेरेको छ ।

शनिबार भएको पहिलो खेलमा टाइम्सले दि रोयल बास्केटबल क्लबलाई ८४–६९ ले पराजित गदै आफ्नो अपराजित यात्रा ११औं चरणसम्म लम्व्याएको हो । टाइम्सले पहिलो क्वाटरमा २५–१७ को अग्रता बनाएको थियो ।
दोस्रो क्वाटरमा २२–१७ को अग्रता लिएको टाइम्स तेस्रो क्वाटरमा १९–१९ को बराबरीमा रोकिएको थियो । चौथो क्वाटरमा १८–१६ को अग्रता लिदै टाइम्स विजयी हुन सफल भयो । १७ स्कोर गरेका टाइम्सका विदेशी खेलाडी प्रनित उदुमालागाला खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।

अको खेलमा बुढानिलकण्ठले नेपाल पुलिस क्लबलाई ७४–६८ ले हरायो । प्रतिस्पर्धात्मक पहिलो क्वाटरमा बुढानिलकण्ठले २७–२३ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा १४–१६ ले पछि परेको बुढानिलकण्ठ तेस्रो क्वाटरमा पनि १८–१५ को अग्रता बनायो ।
चौथो क्वाटरमा १५–१४ अग्रता लिदै समग्रमा ६ अंकले बुढानिलकण्ठ विजयी हुन सफल भयो । बुढानिलकण्ठको जितमा १३ स्कोर गरेका सौगातलिप सिंह खेलको म्यान अपप दि म्याच घोषित भए । उने ३ हजार रुपैया पाए ।
लगातार ११औं जितसँगै टाइम्स २२ अंक जोडेर लिगको शीर्षस्थानमा यथावत छ । त्रिभुवन आर्मी क्लब १९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा बुढानिलकण्ठ १८ अंक जोडेर तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
बुढानिलकण्ठसँग पराजित पुलिस १७ अंक जोडेर चौथो स्थानमा रहेको छ । १६ अंकसहित गोल्डेनगेट पाँचौ स्थानमा धकेलिएको छ । एएनके कीर्तिपुर १२ अंकसहत छैटौ तथा बिएमसी साउथ साइडर्स र दि रोयल बास्केटबल टिमको समान ११ अंक रहेको छ ।
प्रतियोगितामा आइतबार बुढानिकण्ठ र पुलिसबीच नै खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]