7 years ago
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेत गोल्डेनगेट कलेज राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको प्लेअफ नजिक पुगेको छ ।

गोल्डेनगेटले बुधबार एएनके कीर्तिपुर बास्केटबल टिमलाई ८९–६७ ले पराजित गर्दै लिगको प्ले अफ नजिक पुगेको हो । लिगको एक खेल बाँकी रहँदा गोल्डेनगेट १३ खेलबाट २० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान खेलबाटै २० अंक नै जोडेको विभागीय नेपाल पुलिस क्लब तेस्रो तथा समान खेलबाटै बुढानिलकण्ठ बास्केटबल टिम २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । टाइम्स (२४) र आर्मी (२३) ले प्ले अफमा स्थान सुरक्षित गरिसक्दा अब यि तीन टोली पुलिस, गोल्डेनगेट र बुढानिलकण्ठ) मध्ये दुई टोलीले प्ले अफमा स्थान बनाउनेछन् ।
अन्तिम खेलमा पुलिसले दि रोयल बास्केटबल, गोल्डेनगेटले कीर्तिपुरसँग तथ बुढानिलकण्ठले दि रोयलसँग खेल्दैछ । कीर्तिपुरको घरेलु मैदानमा बुधबार भएको खेलमा गोल्डेनगेटले सबै क्वाटरमा अग्रता लिदै सहज जित निकाल्न सफल भयो । गोल्डेनगेट पहिलो क्वाटरमा २१–१७ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा २४–१७, तेस्रोमा २६–१७ र चौथोमा १८–१७ को अग्रता लिदै सहज जित निकाल्न सफल भयो ।
गोल्डेनगेटको जितमा अभिषेक सिंहले सवाधिक ७ अंकको योगदान दिए । उनी खेलको म्यान अफ दि म्याच घोषित हुदै ३ हजार रुपैया पाए । लिगमा बिहीबार कीर्तिपुर बास्केटबल टिम र बिएमसी साउथ साइडर्सबीच कीर्तिपुरमा खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]