7 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)-एएनके कीर्तिपुर बास्केटबल टिमले लराजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा रोमाञ्चक जित हात पारेको छ ।

घरेलु मैदानमा कीर्तिपुरले बिएमसी साउथ साइडर्सलाई ७४–७१ को रोमाञ्चक जित निकालेको हो । बिहीबार भएको खेलको पहिलो क्वाटरमा घरेलु टोली २२–२६ ले पछि परेको थियो ।
दोस्रो क्वाटरमा पनि १०–११ ले पछि परेको कीर्तिपुरले तेस्रो क्वाटरमा १५–१४ को अग्रता लिदा कीर्तिपर ४७–५१ ले पछि परेको थियो । तर, निर्णायक क्वाटरमा कीर्तिपुरले २७–२० को अग्रता लिदै खेल ७४–७१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
कीर्तिपुरको जितमा अनिल खड्गीले २२ स्कोर, ६ रिवाउन्ड र ३ स्टिल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच हुदै ३ हजार रुपैया पाए । लिगको एक खेल बाँकी रहँदा गोल्डेनगेट, नेपाल पुलिस क्लब, बुढानिलकण्ठ बास्केटबल टिम समान २० अंक जोडेर प्ले अफको दौडमा छ ।
अब यि तीन टोली पुलिस, गोल्डेनगेट र बुढानिलकण्ठ) मध्ये दुई टोलीले प्ले अफमा स्थान बनाउनेछन् । अन्तिम खेलमा पुलिसले दि रोयल बास्केटबल, गोल्डेनगेटले कीर्तिपुरसँग तथ बुढानिलकण्ठले दि रोयलसँग खेल्दैछ ।
टाइम्स (२४) र आर्मी (२३) ले प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ । लिगमा शुक्रबार दि रोयल बास्केटबल टिम र टाइम्स इन्टरनेसनल कलेजबीच खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]