default_image

7 years ago

June 1, 2019

आर्मीको जित, समृद्धिको विजयी शुरुवात

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा जित हात पारेको छ । आर्मीले दि रोयल बास्केटबल टिमलाई ९७–८५ को स्कोरमा पराजित गरेको हो ।

यो जितसँगै आर्मीले एक खेल बाँकी रहँदा शीर्ष स्थानमा उक्लने सम्भावना बढाएको छ । लिगको अन्तिम खेलमा आर्मीले एएनके कीर्तिपुर बास्केटबल टिमलाई पराजित गरे लिगको शीर्षस्थानमा उक्लदै प्ले अफ पुग्नेछ ।

आर्मीले पहिलो क्वाटर २५–३० ले पछि परेको थियो । दोस्रो र तेस्रो सेटमा आर्मीले २२–१७ र २८–१६ को अग्रता लिदै खेललाई आफ्नो पक्षमा पारेका थिए । चौथो क्वाटर २२–२२ को बराबरीमा सकिएपछि आर्मीले दोस्रो र तेस्रो क्वाटरमा लिएको अग्रता नै जितमा पर्याप्त बन्यो । आर्मीका जितमा ३३ अंकको योगदा दिएका रोविन खत्री खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।

लिगमा बुधबार दि रोयल बास्केटबलटिम र बिएमसी साउथसाइडर्सबीच खेल हुनेछ । यता, महिलातर्फ शनिबारबाट शुरु भएको वुमेन्स नेपाल बास्केटबल लिगमा समृद्धि गोरिल्लाजले जियी शुरुवात गरेका छन् ।

टाइम्स इन्टरनेसनल कलेजको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा समृद्धिले विभागी नेपाल पुलिस क्लबमाथि ४९–४६ को प्रतिस्पर्धात्मक जित निकालेको हो । पहिलो क्वाटरमा ५–६ ले तथा दोस्रो क्वाटरमा १२–१८ ले पछि परेको समृद्धिले त्यसपछिको दुवै क्वाटरमा १४–११ र १८–११ को अग्रता लिदै रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।

समृद्धिको जितमा नेपालको महिला टोलीका कप्तान समेत रहेका सदिना श्रेष्ठले १८ अंकको योगदान दिइन् । उनी नै खेलको वुमन अफ दि म्याच घोषित भइन् । महिला लिगमा आइतबार आइएसओ काइट र साइपाल एकेडेमीबीच खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.