default_image

10 years ago

August 5, 2015

महिला बास्केटबल टोली भारत जाने

218 views

0 Bookmark

नेपाली महिला बास्कटेबल टोलीले भारत तामिलनाडुको क्वाइम्बेटोरमा १० देखि १५ अगष्ट सम्म आयोजना हुने अखिल भारत बास्केटबल च्यामिपयनसिपमा प्रतिस्पर्धा गर्ने भएकोछ ।

महिला बास्केटबल टोली भारत जाने

महिला बास्केटबल टोलीलाई बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले परिषदमा बिदाई गरे ।प्रतियोगितामा सहभागि हुन जाने १९ जनाको टोलीमा स्नेहा श्रेष्ठ, सुजाता राई, उपमा पोखरेल, भवानी लामा, अनुषा मल्ल, लुनिभा सिंह र कप्तानमा प्रिती तुलाचन रहेकाछन् । त्यस्तै नयाा खेलाडीको रुपमा डेब्यु गर्ने खेलाडीहरुमा शान्ति श्रेष्ठ, स्वेता खरेल, माया स्याङ्गतान र एलिना गुरुङ्ग छन् भने एलिशा मल्लले टिममा पुनरागमन गरेकी छिन् ।
टिम प्रशिक्षकमा विकास शाही रहेकाछन् । यसै पटक देखि नेपाली महिला टोलीले महिला प्रशिक्षक पाएकोछ । राष्ट्रिय टोलीकी खेलाडी सदिना श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा टोलीको साथ रहने भएकी छिन् । यस्तै ब्यवस्थापकमा निरञ्जन सत्याल र अफिसियलमा नयना शाक्य रहेकाछन् ।
खेलाडीहरुलाई बिदाई गर्दै उपाध्यक्ष लामाले अधिकांश खेलाडीहरुले एशियाली प्रतियोगिताको अनुभव बटुली सकेको अवस्थामा बास्केटबल टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । उनले नेपाली खेलकुदमा महिला टोलीले निन्तर अभ्यास गर्न पाउने टोलीमा बास्केटबल भएकोले टोलीलाई भाग्यमानी भएको बताए । उनले आगमी फागुनमा आयोजना हुने साग प्रतियोगितामा बासकेटबललाई समेत समाबिष्ट गर्न पहल भईरहेको भन्दै साबा महिला बास्केटबल च्याम्पियनसिप गर्न प्रताब गरेकोमा साबा कमिटिले फेब्रुअरी २५ देखि २९ सम्ममा नेपालमा गर्न प्रस्ताव आएको समेत बताए ।
प्रशिक्षक विकास शाहीले नेपाली खेलाडीहरुले ३ महिना देखि निरन्तर प्रशिक्षण लिईरहेको तथा नयाा र पुरानाको सम्मिश्रण रहेकोले खेलाडीहरुको मनोबल र स्तरमा बृद्धि भएको बताए । उनले अघिल्लो संस्करणमा कुनै जित हात पार्न नसकेको टोलीले यस पटक कम्तिमा दुई खेल जित्नेमा विश्वस्त रहेको बताए । टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.