10 years ago
August 31, 2015
डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१–२५ ले पराजित गर्यो । डेनेबको जितमा सौरव खड्काले १२ अंक जोडे । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा डेनेबले हेम्सलाई १८–५ ले हरायो । डेनेबकी सब्नम श्रेष्ठले ८ स्कोर गरिन् ।
ब्वाइजमा काठमाडौं इङलिस स्कुल (केइएस) ले हेम्सलाई २४–२२ तथा गल्र्समा एसियन पब्लिकले मार्बलसलाई १७–२ ले पाखा लगाउदै तेश्रो भए । ब्वाइजमा डेनेबका राजकुमार बोहरा र गल्र्समा डेनेबकै आकृति मैनाली तथा ब्वाइजमा केइएसका यकेन्द्र ठकुरी र गल्र्समा एसियन पब्लिककी मोनिका थापा उदीयमान खेलाडी घोषित भए । त्यस्तै ब्वाइजमा अनिल श्रेष्ठ र गल्र्समा सब्नम श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । दुवै डेनेबका हुन् । प्रतियोगिताभर अनिलले ५७ र सब्नमले ३५ अंक जोडेका थिए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजकका अध्यक्ष सुकुमार थपलिया, आयोजककै प्रमुख सल्लाहकार युद्धिष्ठिर पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा १२ टिमले सहभागिता जनाएको संयोजक गगन एरले जनाएका छन् । प्रतियोगिताको सातौं संस्करण सानोगौचरणस्थित काठमाडौं इङलिस स्कुल (केइएस) मा हुने भएको छ । मध्य क्षेत्रीय समिति, काठमाडौंमा आबद्ध विद्यालयले पालैपालो प्रतियोगिता आयोजना गर्ने गरेका छन् । मध्य क्षेत्रीयमा विभिन्न ३२ विद्यालय आबद्ध छन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]