6 years ago
August 25, 2019
बिर्तामोड (हाम्रो खेलकुद)– टि भ्याली इलाम बास्केटबल क्लब नेपाल बास्केटबल लिग थ्री बाई थ्री इस्टको बिर्तामोड च्याम्पियन बनेको छ । टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८–१२ ले पराजित गर्यो ।

यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि सबै ६ वटा टोली पक्का भएको छ । टि भ्याली र हुलिगनसँगै विराटनगरको इस्टर्न स्विस र बाल कल्याण बिद्या मन्दिर तथा इटहरी स्ट्याग्स र होराइजनले प्रतिस्पर्धा गर्नेछन् ।
इस्टर्न स्विस र इटहरी स्ट्याग्स आ–आफ्नो सहरको विजेता हुन् । मगंलबार टावर टेम्पल स्कुलमै हुने फाइनल्समा ६ टिमलाई दुई समुहमा विभाजन गरिएको र डबल लिगका आधारमा प्रतिस्पर्धा गराइने बताइएको छ । शिर्ष दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । इस्टर्न स्विस, होराइजन र टि भ्याली समुह ए मा छन् ।
बिर्तामोड लेगमा ९ क्लबहरुको सहभागिता रहेको थियो । टि भ्यालीले सेमिफाइनलमा ग्रिन सिटी इलाम बास्केटबल क्लबलाई १०–९ को झिनो अन्तरले पराजित गरेको थियो । हुलिगनले टावर टेम्पल स्कुल बी लाई १०–६ ले हराएको थियो ।
फाइनलमा टि भ्यालीलाई जित दिलाउन गणेश राज सुवेदीले १६ स्कोर गरे । तीन शहर गरेर कुल २७ टोलीको प्रतियोगितमा सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल ९पिडिसिएन० ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख सहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै फर्मायाटमा खेलाइनेछ ।
पिडिसिएनमा पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]