default_image

6 years ago

September 23, 2019

सागका लागि बास्केटबल छनोट सम्पन्न

323 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको छनोट सम्पन्न भएको छ ।

नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ २०-२० खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । दुवैतर्फ १४ खेलाडी बास्केटबल टोलीमा रहनेछन् भने ६-६ खेलाडी सम्मिलित यू-२३ टोलीले ३ बाइ ३ बास्केटबलमा हुनेछन् । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ बाइ ३ बास्केटबलमा प्रतिस्पर्धा गरेको थियो । यस स्पर्धा सागमा पहिलो पटक समावेश गरिएको हो ।

संघले यसपटक विदेशी प्रशिक्षकका रुपमा साइप्रसका बिल मक्क्यामनलाई अनुबन्ध गरेको छ । उनले शनिबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन् । संघले उनलाई हाल दक्षिण एसियाली खेलकुदसम्मका लागि सम्झौता गरेको संघका महसचिव नरेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार संघले राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर पुरुष टोलीका लागि उनलाई भित्र्याएको हो । उनीसँगै बास्केटबलका चिफ कोच दिनेश नकर्मी र सहायक प्रशिक्षक विकु महर्जन पनि टोलीमा रहेका छन् ।

टोलीका कप्तान सदिश प्रधानले टोलीको प्रशिक्षण राम्रो चलिरहेको बताए । ‘धरानमा रहेर हामीले डेढ महिना प्रशिक्षण गर्यौं । आठौं राष्ट्रिय खेलकुदका दौरान हामीले ३२ खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा समावेश गरेका थियौं । त्यसपछि एक महिना प्रशिक्षण गरेर २४ खेलाडी र अहिले अन्तिम चरणमा २० खेलाडी छनोट भएका छन्,’ प्रधानले भने, ‘ अब अन्तिम टोलीलाई तयार गर्न विदेशी प्रशिक्षक पाएका छौं । आशा छ घरेलु मैदानमा सुखद नतिजा हासिल हुनेछ ।’

मंगलबार घोषित २० सदस्यीय टोलीबाट अन्तिम चरण छनोट भने केहि महिनापछि हुनेछ । १४ खेलाडीको बास्केटबल टोलीबाट १२ सदस्य अन्तिम टोलीमा रहनेछन् । ३ बाइ ३ मा ६ खेलाडीबाट ४ सदस्यीय अन्तिम टोली घोषणा हुनेछ ।

महिलातर्फ भने विकास शाहीले टोलीको मुख्य प्रशिक्षण सम्हालिरहेका छन् । ‘ धरानमा राम्रो तयारी भएको छ । अब काठमाडौंमा अन्तिम तयारीका लागि जुटेका छौं । हाम्रो तयारी भने दोस्रो स्थान हासिल गर्नका लागि भिड्नेछौ,’ उनले थपे, ‘ भारत हामीभन्दा निकै बलियो छ । अरु टोली उस्तै स्तरका छन् । अन्य टोलीलाई पछि पार्ने हाम्रो लक्ष्य हो ।’

प्रशिक्षक शाहीले यसपटक टोलीमा युवा खेलाडी धेरै रहेकोले केहि उत्साहित रहेको बताए । ‘हामीले पछिल्लोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको धेरै भइसकेको छ । दक्षिण एसियाली खेलकुद हाम्रो लागि सबैभन्दा ठूलो प्रतियोगिता हो र यसका लागि हामी राम्रो टोली गठन गर्न सफल भएका छौं । खेलाडीहरु युवा छन् र नियमित खेलेका पनि छन् । यसपटक राम्रो प्रदर्शन हुने अपेक्षा गरेको छु,’ उनले थपे ।

पुरुष टोली :

सदिश प्रधान, विनोद महर्जन, आयुष सिंह, मनेष राज राजोपाध्याय, विक्रम जोशी, सौरभ श्रेष्ठ, विजय बुर्जा, दिवेश्वर शाह, मविन्द्र भण्डारी, विनोद श्रेष्ठ, अजय कुशवाहा, विकास गुरुङ, रामकृष्ण घताने, आशिष बस्नेत, निकेश मगर, निरभ चन्द, मनिष केसी, सुजन लिम्बू, कविन्द्र प्रधान, अशिम श्रेष्ठ

महिला टोली :

सदिना श्रेष्ठ, एलिना गुरुङ, माया स्याङतान, अनुषा मल्ल, अलिशा मल्ल, प्रिती तुलाचन, श्रेया खड्का, मुना महर्जन, प्रेदिका महर्जन, प्रतीक्षा मगर, रोशनी श्रेष्ठ, गरिषा सिलवाल, आशा राई, अश्मिता भुजेल, अश्मिता केसी, सुक्मिता राई, रविना अधिकारी, रचना श्रेष्ठ, सोनी वाइबा, मिना गुरुङ

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.