default_image

6 years ago

November 6, 2019

सागका लागि बास्केटबलको अन्तिम छनोट सम्पन्न

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको अन्तिम छनोट सम्पन्न भएको छ ।

नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ फुल कोर्टमा १२-१२ खेलाडी तथा ३ बाइ ३ का लागि ४-४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ बाइ ३ बास्केटबलमा प्रतिस्पर्धा गरेको थियो । यस स्पर्धा सागमा पहिलो पटक समावेश गरिएको हो ।

संघले यसपटक विदेशी प्रशिक्षकका रुपमा साइप्रसका बिल मक्क्यामनलाई अनुबन्ध गरेको छ । उनले डेढ महिनादेखि प्रशिक्षण दिन सुरु गरेका छन् । उनीसँगै बास्केटबलका चिफ कोच दिनेश नकर्मी र सहायक प्रशिक्षक विकु महर्जन पनि टोलीमा रहेका छन् । महिलातर्फ भने विकास शाहीले टोलीको मुख्य प्रशिक्षण सम्हालिरहेका छन् ।

महिलातर्फ २० सदस्यीय टोलीबाट रोशनी श्रेष्ठ, अश्मिता भुजेल, अश्मिता केसी र सुक्मिता राईले अन्तिम चरणमा स्थान बनाउन सकेनन् । पुरुषतर्फ भने रामकृष्ण घताने, निर्भ चन्द, सुजन लिम्बु र कविन्द्र प्रधान अन्तिम छनोटमा परेनन् ।

पुरुष :

फुल कोर्ट : सदिश प्रधान, विनोद महर्जन, आयुष सिंह, मनेष राज राजोपाध्याय, विक्रम जोशी, सौरभ श्रेष्ठ, विजय बुर्जा, दिवेश्वर शाह, मविन्द्र भण्डारी, विनोद श्रेष्ठ, विकास गुरुङ,  अशिम श्रेष्ठ

३ बाइ ३ : मनिष केसी, निकेश मगर, आशिष बस्नेत र अजय कुशवाहा

महिला टोली :

फुल कोर्ट : सदिना श्रेष्ठ, प्रिती तुलाचन, अनुषा मल्ल, अलिशा मल्ल, एलिना गुरुङ, श्रेया खड्का, मुना महर्जन, माया स्याङतान, परिक्षा मगर, प्रेदिका महर्जन, रचना श्रेष्ठ, आशा राई

३ बाइ ३ : सोनी वाइबा, मिना गुरुङ, गरिशा सिलवाल, रविना अधिकारी

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.