10 years ago
September 1, 2015
लिभरपुल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको उद्घाटन खेलमा लिभरपुलले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४६–३७ ले पराजित गर्यो । विजयी टिमका लागि आशिष बस्नेतले १८ अंक जोडे ।
पहिलो क्वाटरमा ६–१३ ले पछि पारेको लिभरपुलले त्यसपछिको खेलमा अग्रता कायम गर्दै जित हात पार्यो । लिभरपुल दोश्रोमा १५–९, तेश्रोमा १०–९ र चौथोमा १५–६ अंक जोड्यो ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा एनसेलद्वारा आयोजित प्रतियोगितामा मोर्गन र प्राइमले पनि जित हात पारे ।
मोर्गनले जेम्सलाई ६८–३३ ले हरायो । मोर्गनको जितमा डेन्जु गुरुङले १३ अंक जोडे ।
मोर्गन चारै क्वाटरमा हावी रह्यो । पहिलोमा २०–१० को अग्रता बनाएको मोर्गनले अन्तिमसम्म अग्रतालाई कायम राख्दै दोश्रोमा १६–९, तेश्रोमा १५–६ र चौथोमा १७–८ स्कोर गर्यो ।
प्राइमले डिएभी कलेजलाई ६३–१० को फराकिलो अन्तरले पन्छायो । प्राइमका निश्चल महर्जनले १२ अंक जोडे । प्राइमले पहिलोमा २०–२, दोश्रोमा ११–२, तेश्रोमा १५–० र चौथोमा १७–६ को प्रदर्शन गर्यो ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे । प्रतियोगितामा विभिन्न कलेजका १६ ब्वाइज टिम सहभागी छन् ।
विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार हात पार्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]