6 years ago
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो क्वाटरमा खेल केहि प्रतिस्पर्धात्मक रहेपनि नेपालले त्यसपछि खेलमा पकड जमाउँदै जित पक्का गर्यो ।
पहिलो क्वाटरमा १८-१७ को स्थितिमा रहेको खेलमा नेपालले दोस्रो क्वाटरमा भने एकपक्षीय प्रदर्शन गर्यो । दोस्रो क्वाटरको अन्त्यमा नेपाल ४१-२९ ले अगाडि रहयो । तेस्रो क्वाटरमा ५८-४० ले अगाडि रहेको नेपालले अन्तिम क्वाटरमा अग्रता कायम राख्दै जित पक्का गर्यो ।

अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । अब नेपालले फाइनल प्रवेशका लागि भारतको सामना गर्नेछ । सेमिफाइनलका खेलहरु सोमबार हुनेछन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]