9 years ago
June 27, 2016
काठमाडौं, असार १३ गते ।
जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित गर्यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले १८ अंक बटुले । पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको जिएएले दोश्रोमा पनि अग्रतालाई कायम राख्दै २५–१५ अंक जोड्यो । जिएए तेश्रोमा १६–१७ ले पछि पर्यो भने चौथोमा पुन: २५–२३ को अग्रता हासिल गर्यो ।
महिलाको राउन्ड लिगमा प्राइमले जेभियरलाई ३५–१८ ले सहजै हरायो । प्राइमकी लुनिभा सिंहले १२ स्कोर गरिन् । जेभियरबाट साइना मगरले ८ अंक जोडिन् । प्राइमले पहिलोमा ९–६ र दोश्रोमा ६–० को प्रदर्शन गर्यो । त्यस्तै प्राइमले तेश्रोमा ८–१० र चौथोमा १२–२ अंक जोड्यो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]